कोभिडका कारण पाउँदै आएको कर्जा सुविधा खारेज « Arthapath.com
२१ असार २०८२, शनिबार

कोभिडका कारण पाउँदै आएको कर्जा सुविधा खारेज



काठमाडौं । कोभिडका कारण बैंक वित्तीय सँस्थाहरुले उद्योगी व्यवसायी र सर्वसाधारणलाई कर्जा तथा ब्याजमा दिँदै आएको सम्पूर्ण सुविधा खारेज गरिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत यस्ता सम्पूर्ण सुविधा खारेज गरेको हो कोरोनाका कारणले बैंक तथा वित्तीय संस्थाले एक पटकका लागि उपलब्ध गराउँदै आएको ग्रेस अवधि पनि हटेको छ ।

त्यस्तै, कोरोनाबाट अति प्रभावित पर्यटन, चलचित्र, पाटी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रका ऋणीबाट पाँच प्रतिशत रकम असुल गरी २०७८ पुस मसान्तभित्र कर्जा पुनर्तालिकीकरण गर्ने समयावधि दिइएको थियो । कोरोनाबाट विभिन्न पेशामा संलग्न पेशागत व्यवसायीहरूलाई प्रदान गरिँदै आएको कर्जा समेत हटाइएको छ ।


प्रतिक्रिया दिनुहोस्