बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो क्षमता अनुसार आफूखुशी लाभांश वितरण गर्न सक्ने « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो क्षमता अनुसार आफूखुशी लाभांश वितरण गर्न सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य नाफाको ३०% मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था भएकोमा अब सो व्यवस्था हटेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत उक्त ब्यवस्था खारेज गरेको हो

बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो क्षमता अनुसार आफूखुशी लाभांश वितरण गर्न सक्नेछन् । राष्ट्र बैंकले २ वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्