४ अर्ब रुपैयाँको कारोबार भएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साताको चौथो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । तेस्रो कारोबारको दिन शेयर बजारमा झिनो ओरालो लागेकोमा आज पनि सोहि निरन्तरता पाएको हो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको थियो ।
बुधबार नेप्से सामान्य अकं पनि सिवम सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज २५ करोड ३४ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपी पावरको १५ करोड १७ लाख २४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ११ करोड ६३ लाख १२ हजार रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको ११ करोड ३३ लाख ८ हजार रुपैयाँ र यूनाइटेड इर्दी मार्दी आरबि हाइड्रोपावरको ११ करोड १० लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।
