नेप्से झिनो अकंले ओरालो, ४ अर्ब माथि कारोबार हुदाँ ९ उपसूचक राताम्य « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से झिनो अकंले ओरालो, ४ अर्ब माथि कारोबार हुदाँ ९ उपसूचक राताम्य



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि सामान्य अकंले ओरालो लागि रहेको छ । अघिल्लो साता आकर्षक सुधार भएको शेयर बजार यो साताको ४ कारोबारमा २ कारोबारको दिन भने झिनो अकंले ओरालो लागेको हो । शेयर बजारमा सामान्य अकंले घटेको भए पनि नेप्सेमा भने सुधार भइरहेको छ ।

मौद्रिक नीति यता शेयर बजारमा सकारात्मक परिर्वतन नै देखा परेको छ । शेयर बजारमा १ अर्बमा सिमित हुने कारोबार अहिले भने ४ अर्ब भन्दा माथि उक्लिरहेको छ । लगानीकर्ता मौद्रिक नीति पश्चात हर्षत नै देखा परेका छन् ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८१ अकंले घटेर २१९३.४३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य अकंले ओरालो लाग्दा ९ उपसूचकमा भने हरियाली लागेको छ । बुधबार बैंकिङ समूहको ०.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.०७ प्रतिशत, निर्जीवन बीमा समूहको १ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.२४ प्रतिशत, अन्य समूहको १.११ प्रतिशत, जीवन बीमा समूहको ०.७२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.३ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्