प्रतिकित्ता १ सय रुपैयाँमा २ कम्पनीको शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाडौं । २ वटा फरक फरक कम्पनीले २ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रडेक्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको २ लाख १ हजार ८२० कित्ता र गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट कम्पनीले ७५ हजार कित्ता संस्थापक शेयर विक्रीमा गर्ने लागेको हो ।
दुबै कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयरलाई कम्पनिको विधमान व्यक्ती मात्र नभई जुनसुकै व्यक्ती वा कम्पनीले फारम भर्न सक्नेछन् । यसको लागि एन आई सी एशिया क्यापीटलमा साउन २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम बुझाउन पर्नेछ ।
इच्छुक व्यक्तीहरुले रू. १०० अंकित दरको न्युनतम ३५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन मिल्नेछ । विद्यमान संस्थापक शेयरधनीहरुका लागि कम्पनीले योभन्दा अगाडी नै ३५ दिने सूचना प्रकाशित गरेकोमो सो अवधि भित्र कुनै पनि आवेदन नपरेका पछि अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाएको हो ।













