ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजार राताम्य भएको छ । २ दिन यता झिनो अकंले ओरालो लागेको शेयर बजार आज भने राताम्य भएको छ ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा भारि गिरावट आउँदा शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २५ करोड २२ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको १३ करोड १७ लाख ४० हजार रुपैयाँ, अपी पावरको १२ करोड ७९ लाख ३२ हजार रुपैयाँ, यूनिभर्सनल पावरको ७ करोड ८० लाख ९७ हजार रुपैयाँ र गोर्खास फाइनान्सको ७ करोड ५२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
