बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । बिहिबार शेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारको दिन ६ अकंले घटेको शेयर बजार बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा भारी गिरावट आउँदा ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा ओरालो लाग्दा आज यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपारका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कम्पनीको शेयर ९.५२ प्रतिशतले घटेको हो । साथै, सानिमा डिबेञ्चरको ५.४७ प्रतिशत, हिमाल दोलाखा हाइड्रोपावरको ५.३० प्रतिशत, साल्ट ट्रेडिङको ५.१५ प्रतिशतले घटेको हो ।
