बिहिबार नेप्से राताम्य, १३ वटै उपसूचकमा भारी गिरावट आउँदा ३ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजारमा राताम्य छाएको छ । यस अघिका २ कारोबारको दिन सामान्य अकंले घटेको शेयर बजार आज भने भारी गिरावट आएको छ । अघिल्लो साताका सुधारिएको शेयर बजार यो साताको भने खासै सुधार तिर लम्किन सकेको छैन ।
संघ र प्रदेशको चुनाव मंसिर ४ गते गर्ने सरकारको निर्णय गरेको छ । हिजो सत्ता पक्षिय नेताहरुले ४ गते गर्ने सहमति गरेसँगै अब चुनावमा हुने पैसाको चलखेललृ पनि शेयर बजार ओरालो लागेको आंकलन गर्ने थालिएको छ । शेयर बजार घटे पनि कारोबार भने सन्तोसजनक नै रहेको छ ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.७१ अकंले घटेर २१८६.७७ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से ओरालो लाग्दा १३ वटै उपसू्चक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको १.४१प्रतिशत, ब्यापार समूहको ५.१३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.०९ प्रतिशत, विकास बैंक समूहको २.५१ प्रतिशत, हाइड्रोपावर समूहको २.१९ प्रतिशत, फाइनान्स समूहको २.९४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.५६ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२९ प्रतिशत, अन्य समूहको २.३३ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.६२ प्रतिशत, जीवन बीमा समूहको १.६५ प्रतिशत, म्युचुअल फण्ड समूहको १.१२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.१६ प्तिशतले शेयर मूल्य घटेको हो ।