हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ सूचीकृत भएको छ । शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।
अब आइतबार (साउन २२ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ ।
हाइड्रोपावरले कारोबार एचएचएल संकेतबाट खुल्ने छ ।