नेप्सेमा राताम्य कायमै, साढे २ अर्बको कारोबार १२ उपसूचक राताम्य (अब कता जाला शेयर बजार) « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्सेमा राताम्य कायमै, साढे २ अर्बको कारोबार १२ उपसूचक राताम्य (अब कता जाला शेयर बजार)



काठमाडौं । यो साता शेयर बजारमा खासै उत्साह आउन सकेन । अघिल्लो साता मौद्रिक नीति सार्वजनिक गरेको पहिलो साता भएकाले पनि सो साताका शेयर बजारमा निकै उचालिएको थियो । नेपाल आर्थिक पत्रकारसँग नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको भनाइले समेत आज शेयर बजारमा केही नकारात्मक सूचक देखा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ एक्सचेञ्ज ल्याउने बजारको हल्लाले समेत शेयर बजार यो साता केही घटेको आंकलन विज्ञहरुले गरेका छन् । अघिल्लो साताका उत्कृष्ट सुधार देखिएको शेयर बजार यो साता भने उत्साह नथपिदा शेयर लगानीकर्ता फेरी पहिले कै दिसामा शेयर बजार जाने त होइन भन्ने अन्यौलमा रहेका छन् । सरकारले प्रदेश र संघको चुनाव मंसिर ४ गतेलाई तोकेको हुदाँ सो चुनावमा हुने पैसाको चलखेलले समेत शेयर बजारलाई असर गर्ने आकंलन केही लगानीकर्ताहरुको छ । शेयर बजार अब कता तिर जान्छ त्यो अर्का साताको आइतबारले बुझाउछ । नेप्से शुक्रबार बन्द हुने फुयालको कुरा कति प्राथमिकता पाउँछ र त्यसपछि शेयर बजार कता लम्किछन अर्का साताले नै निर्धारण गर्ने छ ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.६१ अकंले घटेर २१४८.१६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से राताम्य हुदाँ आज १२ उपसूचक राताम्य भएका छन् । शुक्रबार बैंकिङ समूहको १.६२ प्तिशत, ब्यापार समूहको २.८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९१ प्रतिशथ, विकास बैंक समूहको २.२२ प्रतिशत, हाइड्रोपावर समूहको १.५३ प्तिशत, फाइनान्स समूहको ३.४ प्रतिशत, निर्जीवन बीमा समूहको १.१२ प्तिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.२३ प्रतिशत, अन्य समूहको ०.५८ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.३७ प्रतिशत, जीवन बीमा समुहको १.२ प्तिशत र इन्भेष्टमेन्ट समूहको २.०७ प्तिशतले शेयर मूल्य घटेको हो । साथै, म्युचुअल फण्ड समूहको ०.८ प्रतिशतले शेयर मूल्य बढेकोहो ।


प्रतिक्रिया दिनुहोस्