शेयर बजारमा झिनो गिरावट, कारोबार निरन्तर खुम्चिदै ११ समूहमा पहिरो
काठमाडौं । हिजो भारी गिरावट आएको शेयर बजारमा आज पनि ओरालो लागेको छ । आज झिनो अकंले शेयर बजार ओरालो लागेको भए पनि कारोबार पनि ओरालो लागेको हो । मौद्रिक नीति सार्वजनिक भए पछिको एक साता निरन्तर छलाङ आएको शेयर बजार त्यस यताका २ साताको भने शेयर बजारमा पहिरो गएको छ । शेयर बजारमा नेपाल राष्ट्र बैंकले आर्थिक वष २०७९।०८० को मौद्रिक नीति सार्वजनिक गरेसँगै उत्साह थपिएको थियो उक्त उत्साहक एक साता पनि नटिकी शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो साता ४ अर्ब माथि गएको कारोबार फेरी घट्न थालेको छ । आर्थिक वर्षको सुरुवात देखि नै विभिन्न वित्तीय कम्पनीको निक्षेप ओरालो लागेको ह’दाँ शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजारमा लगानीकर्ता निराश भएसँगै कारोबार समेत खुम्चिदैं गइरहेको अवस्था छ । शेयर बजार निरन्तर ओरालो लाग्दा अब शेयर बजार पहिले कै दिसा तिर त लम्कि रहेको छैन भन्ने आकंलन गर्ने थालिएको छ ।
ऋाज नेपाल स्टक एक्सचेञ्ज ५.११ ऋकले ओरालो लागेर २०५७.६८ बिन्दमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.४२ अकंले बन्द भएर २०६०.७३ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४कित्ता शेयर किनबेच भएको छ भने कारोबार १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा आज १० उपसमह ओरालो लागेको छ । आज बैकिङ समूहको ०.३९ प्रतिशत, ब्यापार समूहको १.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४२ प्रतिशत, विकास बैंक समूहको ०.२१ प्रतिशत, हाइड्रोपावर समूहको ०.५ प्रतिशत, फाइनान्स समूहको ०.९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.९२ प्रतिशले शेयर मल्य घटेको हो ।













