नेप्सेमा राताम्य कायमै, यी कम्पनीको भयो सर्वाधिक कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा राताम्य कायमै, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । गत साता ओरालो लागेर बन्द भएको शेयर बजारले यो साताको सुरुवात मै निरन्तरता पाएको छ । शेयर बजारमा केही साता देखि निरन्तर पहिरो गएको छ । शेयर बजार ओरालो लागि रहदाँ अब शेयर बजारको यात्रा कता तिर जान्छ अन्यौल भएको छ ।

साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अकंले घटेर २०१०.०१ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.०६ अकंले घटेर २०३७.८३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा पहिरो जाँदा आज हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १६ करोड ५३ लाख ९६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख ११ हजार रुपैयाँ, शिवम् सिमेन्टको ८ करोड २० लाख २५ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ६ करोड ६१ लाख १ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ४४ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्