शेयर बजारमा छलाङ, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२ असार २०८२, सोमबार

शेयर बजारमा छलाङ, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । केहि साता देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने आर्कषक सुधार देखिएको छ । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीतिपछिको एक साता छलाङ आएको शेयर बजारमा त्यसपछिका सातामा राताम्य भएको थियो । साउनको महिलाको अन्तिम तिर आइपुग्दा आज भने शेयर बजार उचालिएको हो ।

साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको छ । साताको पहिलो दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९२ अकंले घटेर २०१०.०१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँकोे कारोबार भएको थियो ।

नेप्से आकाशिदा आज सिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज २१ करोड २ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख ५५ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ४१ लाख ४८ हजार रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ८५ लाख ७८ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्