राताम्य शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिने आएर शेयर बजार फेरी ओरालो लागेको छ । केही साता देखि निरन्तर खुम्चिरहेको शेयर बजार यो साताको दोस्रो कारोबारको दिन भने उचालिएको थियो । तर फेरी तेस्रो कारोबारको दिन शेयर बजारमा राताम्यले निरन्तरता दिएको हो ।
साताको तेस्रो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ । साताको दोस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा आज रिडी पावरको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर आज ४० करोड ८२ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, सिवम् सिमेन्टको ८ करोड ६८ लाख ५२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ८७ लाख ७९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख २४ हजार रुपैयाँ र नेपाल टेलिकमको ५ करोड ६१ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।
