ओरालो लागेको शेयर बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ओरालो लागेको शेयर बजारमा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । शेयर बजार फेरी ओरालो लागको छ । सोमबार ५५.८८ अकंले बढेर २०६५.८९ बिन्दुमा बन्द भएको शेयर नेप्से परिसूचक साताको तेस्रो दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँको कारोबार भएको थियो ।

घटेको शेयर बजारमा यूनिलिभर नेपालको शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीका शेयर आज ५.६२ प्रतिशतले घटेको हो । साथै, दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ५.४७ प्रतिशत, जोशी हाइड्रोपावरको ५.४६ प्रतिशत र हिमालयन उर्जा विकासको ५.३२ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्