सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुधारिएको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा सुधार देखिएको छ । साताको चौथो दिन झिनो अकंले ओरालो लागेको शेयर बजारमा आज भने उत्कृष्ट सुधार आएको हो ।

साताको पाँचौ दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७२ प्रतिशतले बढेर २०६८.४२ बिन्दुमा बन्द भएको छ । साताको चौथो कारोबारको दिन भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको थियो ।

आज उकालो लागेको शेयर बजारमा रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ४३ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपी पावरको ७ करोड ८० लाख २६ हजार रुपैयाँ, सिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजार रुपैयाँ र अरुण काबेली वावरको ५ करोड ५६ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्