यी १० कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाए
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार आएपनि आज एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । फण्डको शेयर ३.८० प्रतिशतले घटेको हो ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको ३.२८ प्रतिशत, प्राइम डिबेञ्चरको २ प्रतिशत, दोर्दी खोला जलविद्युतको १.९८ प्रतिशतको शेयर घटेको हो ।



















