ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । गत साताका बढेर बन्द भएको शेयर बजार यो साताको सुरुवात मै शेयर बजार ओरालो लागेको छ । आज भने शेयर बजार केही सामान्य अकंले ओरालो लागेको हो ।

साताको पहिलो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबारको दिने भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७२ प्रतिशतले बढेर २०६०.५५ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा आज रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको १२ करोड १० लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ, नेष्डो समृद्धि लघुवित्तको ७ करोड ४४ लाख १९ हजार रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ५० लाख २० हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ४ करोड ल७३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्