आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



्काठमाडौं । साताको पहिलो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ८.७६ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको छ । शेयर बजार साताको पहिलो दिन मै नकारात्मक सूचक देखा परेको हो ।

आज पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको थियो ।

आज सर्वाधिक गुमाउने कम्पनीमा रिभर फल्स पावर रहेको छ । कम्पनीको शेयर ५.१९ प्रतिशतले घटेको हो । साथै, हिमालयन हाइड्रोपावरको ५.०७ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ४.५३ प्रतिशत,एनआइसी एशिया सेलेक्ट फण्ड ३० को ४.४७ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्