नेप्से ७.७२ अकंले घट्यो, ९ उपसूचक राताम्य हुदाँ २ अर्बको कारोबार
काठमाडौं । साताको सुरुवात मै शेयर बजारमा ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा लगानीकर्ताहरु निराश बस्दै गइरहेका छन् । शेयर बजारमा सुधार नआउदाँ अबको शेयर बजारको यात्रा प्रति अन्यौल सिर्जना भएको छ ।
शेयर बजार ओरालो लाग्दा लगानीकर्ता लगानी गर्ने डराइ रहेको अबस्था छ । कुनै समय ३२ सय बिन्दुमा पुग्ने नेप्से र १३ अर्ब भन्दा माथि जाने कारोबार आज भोलि भने खुम्चिदै आइरहेको छ ।
साताको पहिलो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०६०.५५ बिन्दुमा बन्द भएको छ । गत साताको अन्तिम कारोबारको दिने भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७२ प्रतिशतले बढेर २०६८.४२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरो लाग्दा ९ उपसूचकमा राताम्य भएको छ । आज ब्यापार समूहको १.९३ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, हाइड्रोपावर समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको ०.९२ प्रतिशत, अन्य समूहको १.६७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ल०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.६२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.७८ प्रतिशतले शेयर मूल्य घटेको हो ।













