दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता सर्वाधिक कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता सर्वाधिक कमाए



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ओरालो लागेको छ । शेयर बजार ओरालो लाग्दा कारोबार समेत खुम्चिएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०६०.५५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्से ओरालो लागेको भएपनि २ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज मन्दीकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, एनएमबि ५० को ४ प्रतिशत, श्वेगंगा हाइड्रोपावरको ३.५६ प्रतिशत, सोल्टी होटलको ३.३१ प्रतिशत शृेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्