बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर आजदेखि बिक्री खुला
काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आज –भदौ ६ गते) बिक्री खुला गरेको छ । कम्पनीले कायम रहेको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिएको हुदाँ साउन १ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदकले मेरो शेयर सफ्टवेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गरेको हकप्रद शेयरलाई केयर एनपी डबल बी प्लस आईएस रेटिङ दिइएको छ ।













