शेयर बजारमा गिरावट कायमै, १२ उपसूचक राताम्य हुदाँ कारोबार १ अर्ब ७२ करोडमा खुम्चियो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा गिरावट कायमै, १२ उपसूचक राताम्य हुदाँ कारोबार १ अर्ब ७२ करोडमा खुम्चियो



काठमाडौं । शेयर बजार आजै सुधारिन सकेको छैन । शेयर बजारको अन्यौलले यता लगानीकर्ता लगानी गर्ने आजै डराइ रहेको अबस्था छ । शेयर बजार यो साताको दुबै दिन सामान्य अकंले घटेको भएपनि शेयर बजारमा कारोबार आसै सुधारिन सकेको छैन । शेयर बजारमा कारोबार खुम्चिदा अब नेप्सेका सुधारको आशामा लगानीकर्ता छन् ।

बैंक तथा वित्तीय संस्थामा आर्थिक वर्ष सुरु भएसँगै निक्षेपमा आइको गिरावटले शेयर बजार प्रभाव परेको देखिन्छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से घटेसँगै आज १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.११ प्रतिशत, ब्यापार समूहको ०.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतितशत, विकास बैंक समूहको ०.६ प्रतिशत, हाइड्रोपावर समूहको ०.६८ प्रतिशत, फाइनान्स समूहको ०.४७ प्रतिशत, निर्जीवन बीमा समूहको ०.५७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.६३ प्रतिशत, अन्य समूहको ०.६६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३३ प्रतिशत, जीवन बीमा समूहको ०.०३ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.४२ प्रतिशतले शेयर मूल्य घटेको हो भने म्युचुअल फण्ड समूहको ०.२ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्