मंगलबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । निरन्तर २ दिन झिनो अकंले ओरालो लागेको शेयर बजार आज तेस्रो दिन भने सामान्य सुधार देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार सिद्धार्थ इक्वाटी फण्डको ६.८८ प्रतिशत, एभरेष्ट बैंकको सस्थापकको ५.८४ प्रतिशत, सिटिजन म्युचुअल फण्ड ५.६७ प्रतिशत, लक्ष्मी इक्वाटी फण्डको ५.०१ प्रतिशत र लक्ष्मी उन्नति कोषको ४.०९ प्रतिशतले शेयर घटेको हो ।














