१८ श्रावण २०८३, सोमबार

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरेको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् । १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।