नेप्सेमा राधी विद्युतको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४७.५२ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो ।
समायोजनापछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २८१.४० रुपैयाँ कायम भएको छ । समायोजना अघि कम्पनीको शेयर मूल्य ५४९ रुपैयाँ थियो । कम्पनीले हकप्रद निष्काशनको लागि भदौ १२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । आजको बजार बन्द भएपछि नेप्सेमा मूल्य समायोजना भएको हो ।












