नेप्सेमा झिनो सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा झिनो सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन भारी गिरावट आएको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । शेयर बजार केही साता यता खासै सुधार तिर लम्किन सकेको छैन ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको हो ।
अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार आउँदा नेपाल दुरसञ्चार कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको आज ११ करोड २५ लाख ७६ हजार रुपैयाँ कारोबार भएको हो ।

साथै, अरुण काबेली पावरको ५ करोड ५५ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड २ लाख ४९ हजार रुपैयाँ, शिवम् सिमेन्टको ३ करोड ५८ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्