एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने लागेको हो ।
कम्पनी सञ्चालक समितिको सोमबार (भदौ १३ गते) बसेको बैठकले हाल कायम चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँबाट उक्त हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद निष्कासन गर्ने निर्णय स्वीकृतिको लागी बीमा समिति समक्ष पेश गर्ने छ ।
बीमा समितिको निर्देशन पछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा रहेका छन् ।













