नेप्सेमा झिनो सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखा परेको छ । यो साताको पहिलो दिन भारि गिरावट आएको शेयर बजारमा त्यस यताका दुई दिन सामान्य लत माथि भएको हो
मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा झिनो सुधार आएसँगै नेपाल टेलिकमको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ५७ लाख ७२ हजार रुपैयाँको कराोबार भएको हो ।
साथै, एलआइसी नेपालको ६ करोड ३९ लाख १ हजार रुपैयाँ,नबिल बैंकको ४ करोड ४४ लाख ९२ हजार, रिडी पावरको २ करोड ९९ लाख ६ हजार रुपैयाँ र हिमाल दोलाखा हाइड्रोपावरको २ करोड १२ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।














