नेप्सेमा सानिमा डिबेन्चर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा डिबेन्चर– २०८९ को इकाईहरु मंगलवार सूचीकृत भएको छ ।
मंगलबार सानिमा बैंकको १० दशमलव २५ प्रतिशत सानिमा डिबेन्चर– २०८९ पनि नेप्सेमा सूचीकृत भएको छ । सानिमा डिबेन्चरको ५० लाख इकाई सूचीकृत भएको हो । नेप्सेले सानिमा डिबेन्चरको इकाईलाई एसबीडी ८९ स्टक संकेत प्रदान गरेको छ ।
सूचीकृत इकाईहरुको बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।













