नेप्से २१.९७ अकंले ओरालो, कारोबार १ अर्बमा खुम्चिदा १३ वटै उपसूचकमा पहिरो
काठमाडौं । साताको चौथो कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच भएको छ। आज नेप्से ओरालो लाग्दा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ ।
नेप्से ओरालो लागे पनि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, आरबिबि म्युचुअल फण्ड १ को १.९७प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको १.९४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको १.६१ प्रतिशतले बढेको हो ।
काठमाडौं । शेयर बजारमा आजै सुधार आउन सकेको छैन । मौद्रिक नीति पश्चातको एक साता उचाइमा पुगेको शेयर बजारमा त्यस यता निरन्तर ओरालो लागि रहेको छ । बजेटमा पूँजी बजार सम्बन्धी गुनासोलाई लिएर अर्थमन्त्री जनार्दन शर्माले छानबिन समिति बनाएको भएपनि उक्त छानबिन समितिले अहिलेसम्म कुनै आधिकारिक निर्णय दिन सकेको छैन । शेयर बजार ओरालो लागेसँगै कारोबार समेत खुम्चि रहेको छ । लागनीकर्ताहरुलाई आजै लगानी गर्ने बातावरण सिर्जना भएको अनुभुति गर्ने पाएको छैन ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.९७ अकंले घटेर १९७३.३८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्सें) २.१९ अकंले बढेर १९९५.२१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २९ लाख ९२ लाख ८७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा गिरावट आएसँगै १३ वटै उपसूचक राताम्य भएका छन् । बुधबार बैंकिङ समूहको ०.५३ प्रतिशत, ब्यापार समूहको १.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३६ प्रतिशत, विकास बैंक समूहको १.८४ प्रतिशत, हाइड्रोपावरको समूहको २.१७ प्रतिशत, फाइनान्स समूहको २.४२ प्रतिशत, निर्जीवन बीमा समूहको ०.६१ प्रतिशत, अन्य समूहको १.१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.४७ प्रतिशत, जीवन बीमा समूहको १.४७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको १.०२ प्रतिशत, म्युचुअल फण्डको ०.७ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको हो ।













