७ श्रावण २०८३, बिहिबार

हिमालयन एभरेष्टको सेयर मूल्यमा उछाल : लगानीकर्ता मालामाल, प्रतिकित्ता कति कमाए ?



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ४०७ रुपैयाँ कायम भएको छ।

उक्त दिन कम्पनीको ५ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ४३ हजार ६१६ कित्ता सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्