किन सुधारिएन शेयर बजार, कारोबार खुम्चिदै जाँदा नियामक निकाय मुखदर्शक
काठमाडौं । साताको अन्तिम कारोबाको दिन समेत शेयर बजारमा ओरालोले निरन्तरता पाएको छ । शेयर बजार यो साता निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारमा राताम्य कायमै हुदाँ लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । आर्थिक वर्ष सुरुभएसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ओरालो लागि रहेका करण शेयर बजारमा त्यसको पनि प्रभाव परेको आंकलन गरिन थालेको छ ।
लगानीकर्ताको मनोबल कमजोर हुनु तथा वित्तीय संस्थाबाट पर्याप्तमा मात्रा कर्जा नपाउनु बजार माथि जान नसक्नु र निक्षेपमा आकर्षक ब्याज पाइनु अनि कर्जाको ब्याज महँगो हुनुले पनि लगानीकर्ता अझै पनि सेयर बजारतर्फ मोडिन नसकेको आंकलन गरीएको छ ।
पछिल्ला दिनहरुमा बैंकमा निक्षेप पनि क्रमशः सुधारको बाटोमा लागेको छ । सूचीृकत कम्पनीहरुको नाफा पनि औसतमा वृद्धि भएको छ । नाफा बढ्दा लाभांश क्षमता पनि वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा पूँजी बजारका लागि खासै कुरा नसमेटर आन्दोलनमा उत्रिएका लगानीकर्तालाई शान्त बनाउन अर्थमन्त्रीले उक्त बिषयमा छानबिन समिति बनाएको भएपनि उक्त छानबिन समेट हात्तिको देखाउने र चापाउने दात जस्तै फरक भएको छ । उक्त समितिको छानबिन कता पुग्यो केही कुरा सार्वजनिक नै भएको छैन ।
शेयर बजार चालु आर्थिक वर्ष सुरु भएसँगै निरन्तर ओरालो लागि रहेको पाइन्छ । नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको एक साता छलाङ आएको शेयर बजारमा त्यो समय यता शेयर बजार निरन्तर खुम्चि रहेको छ ।
शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६७ अकंले घटेर १९७०.६२ बिन्दुमा भन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०८ अकंले घटेर १९७२.२९ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ८८ लाख ५ हजार ९५० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्से ओरालो लाग्दा १० उपसूचकमा राताम्य भएको छ । आज बैंकिङ समूहको ०.१३ प्रतिशत, ब्यापार समूहको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहकको ०.२८ प्रतिशत, विकास बैंक समूहको ०.२७ प्रतिशत, फाइनान्स समूहको ०.३ प्रतिशत, निर्जीवन बीमा समूहको ०.३९ प्रतिशतले शेयरमूल्य घटेको हो ।














