७ श्रावण २०८३, बिहिबार

अब शुक्रबार सेयर कारोबार नहुने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अब शुक्रबार कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नेप्से संचालक समितिको बैठकले असोजदेखि शुक्रबार सेयर कारोबार नगर्ने निर्णय गरेको हो ।

गत जेठदेखि सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आइतबार बिदा दिने भएपछि नेप्सेले दुई घण्टाका लागि कारोबार खुला गर्दै आएको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसंगै शुक्रबार कारोबार बन्द गर्न लगानीकर्ताले दवाव दिएका थिए ।
अब सातामा ५ दिन अर्थात आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्