नोटको आयु दशैंका बेला घट्छ, अब ’डिजिटल दक्षिणा’ लाई बढ्वा दिनुपर्छ : डेपुटी सीईओ ज्ञवाली « Arthapath.com
२० भाद्र २०७९, सोमबार

नोटको आयु दशैंका बेला घट्छ, अब ’डिजिटल दक्षिणा’ लाई बढ्वा दिनुपर्छ : डेपुटी सीईओ ज्ञवाली



काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले हरेक वर्षको दशैं, तिहारका लागि नयाँ नोट सटहीको व्यवस्था हटाउनुपर्ने बताएका छन् ।

नोटको आयू दशैको बेलामा नै घट्ने भएकाले यो सटही व्यवस्था बन्द गर्नुपर्ने उनको माग छ । सोमबार सामाजिक संजाल फेसबुकमा लेख्दै ज्ञावालीले दशैं तथा तिहारमा नयां नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्ने बताएका हुन् ।

उनले लेखेका छन्,–”दशैं तथा तिहारमा नयां नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्छ की ? नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ। एकातर्फ बैकिङ लाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्को तर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु हुदैन जस्तो लाग्दछ। बरु यस बर्ष लाई ’डिजिटल दक्षिणा बर्ष’ को रुपमा मनाउं र दक्षिणा खातामा रकमान्तर गरेर दिउं– पैसा को बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङ लाई खुद्रा नोट ब्यबस्थापन को टाउको दुखाई पनि नहूने। नोटको आयु घटने पनि दशैं को बेला नै हो। पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन।

उनले ’नयां नोट सटही’ गर्ने होईन की डिजिटल कारोबार लाई बढावा दिनुपर्ने र यो वर्ष सकेसम्म ’डिजिटल दक्षिणा बर्ष’ मनाउँदा राम्रो हुने बताएका छन् ।”

“नोटको प्रयोगमा जिम्मेवार बन्नुपर्दछ पर्छः रंग लगाउने, बटार्नै, तास खेल्दा यता र उता पछार्ने गर्दा नोटको आयु घट्छ पनि। दशैमा सटहि भएका नोटहरुको आयु बैकमा फर्किदा धेरै घटिसकेको हुन्छ भने, नेपाल राष्ट्र बैंक ले समेत फिर्ता लिन मान्दैन। रु. १०० को दर भन्दा कम दरको नोटहरू नेपाल राष्ट्र बैंक ले नै पुन निक्षेपको रुपमा लिन सकिरहेको छैन यसैले फिर्ता लिन नसकिने दरका नोटहरू अहिलेलाई नया नोटको रुपमा निस्कासन नगर्ने वा कति सम्म गर्ने भन्ने विषयमा छलफल पनि जरुरी छ। एक बर्ष नेपाल राष्ट्र बैकले नयां नोट साटेन र पनि हामीले दशै मनायौ, दक्षिणा पनि दियौ। पुनः विचार गर्ने कि ?” उनले फेशबुकमा लेखेका छन् ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fmkgyawali%2Fposts%2Fpfbid02ZLN6JtDVL6XviDP1SynqnuJacxS4TaKPRMpfRjavbht8nKx1PPehSLPwbxRL5W8Ul&show_text=true&width=500

Tags :

प्रतिक्रिया दिनुहोस्