यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं। मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको तेस्रो कारोबार दिन बजार २१.२२ अंकले घटेको हो ।आज बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।

आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।आज उन्नति सहकार्य लधुवित्त वित्तिय संंस्था लिमिटेडका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ९.६८ प्रतिशतले बढेको हो । साथै , एनएमबी हाइब्रेड फन्ड २.५४, सामुदायिक वित्तिय संंस्था लिमिटेड१.९९, मन्दकिनी हाईडोपावर लिमिटेड १.६९ बढेको हो ।


प्रतिक्रिया दिनुहोस्