यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु « Arthapath.com
२० असार २०८२, शुक्रबार

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु



काठमाडौं । बुधवार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार ११.९७ अंकले घटेको हो । साताको चौंथो कारोबार दिन बजार परिसुचक १९३९.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकमा पनि भारी गिरावट आएको छ । आज ८२ करोड ६२ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सनराइज फस्र्ट म्युचुअल फण्डको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज फण्डको सेयर मूल्य ७.७२ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ६.३८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेर ४५० रुपैयाँ कायम भएको छ।

आज लक्ष्मी उन्नती कोषको सेयर मूल्य ५.१० प्रतिशत, सानिमा लार्ज क्याव फण्डको ५.२, एनआईसी एशिया ग्रोथ फण्डको ४.९ प्रतिशतले वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित सिटिजन्स म्यूचुअल फण्ड–१, एनआईबिएल प्रगति फण्ड, लक्ष्मी इक्विटी फण्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्