ङादी ग्रुप पावर हकप्रद शेयरको बाँडफाँट सम्पन्न
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयरको बाँडफाट सम्पन्न भएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन गरेको शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ २२ गते १५० प्रतिशत हकप्रद शेयरको बाँडफाँट गरेको जनाएको हो । उक्त अवधि भित्र आवेदन दिएका शेयरधनीहरुमा ९३ लाख ४६ हजार ६९६ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन हुदाँ विक्री नभएको १२ लाख ५७ हजार २९० कित्ता शेयर लिलामी मार्फत विक्री गर्नेछ ।



















