ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पाँचौ दिन आइपुग्दा समेत शेयर बजारमा सुधार आउन सकेको छैन । शेयर बजार निरन्तर खुम्चिदा कारोबार रकम समेत ओरालो लाग्दै गइरहेको छ । दशैंका लागि पैसाको जोहो गर्नु पर्ने बेला शेयर बजारमा भएको ओरालोले लगानीकर्ता निराश हुदै गइरहेको अवस्था छ ।
बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ । बुधबार दिन बजार ११.९७ अंकले घटेको थियो । कारोबार ८२ करोड ६१ लाख रुपैयाँमा सिमित भएको छ । बुधवार २२४ वटा कम्पनीहरुको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्से झिनो अकंले ओरालो लाग्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १३ करोड १० लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, रिडी पावरको ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ३५ लाख ५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ करोड ९३ लाख १० हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।



















