ग्लोबल आइएमई लघुवित्त सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । शेयर बजारमा सुधार आउन सकेको छैन । बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनो गिरावट आउँदा १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ ।
नेप्से ओरालो लागेपनि आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनी मालमाल भएका छन् । कम्पनीको शेयर ५५ रुपैयाँले बढेर प्रतिशत कित्ता १ हजार २८० रुपैयाँ पुगेको छ ।
दोस्रोमा मल्टी प्रपोजल फाइनान्सको १३.५० रुपैयाँले बढेर प्रतिकित्ता ३४३.५० रुपैयाँ, ग्लोबल आइएमई बैक डिबेञ्चरको ३७ रुपैयाँले बढेर ९६९ रुपैयाँ र छङ्दी हाइड्रोपावरको ९ रुपैयाँले बढेर २४० रुपैयाँ पुगेको छ ।



















