सुस्ताउँदैं गरेको शेयर बजारमा बोर्ड कहिलेसम्म हुने मुख दर्शक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुस्ताउँदैं गरेको शेयर बजारमा बोर्ड कहिलेसम्म हुने मुख दर्शक



काठमाडौं । शेयर बजारमा आजै पनि माथि उठन सकेको छैन । शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश हुनुका साथसाथै चाडपर्वको मुख तिर मार परेका छन् । संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा पैसामा हुने चलखेल पनि शेयर बजार ओरालो लागेको आंकलन गरीएको छ ।

तर केही विज्ञहरु भने शेयर बजारमा निर्वाचनको प्रभाव अहिले देखि पर्ने हो भने देशको मुख्य केन्द्र शेयर बजार धरापमा पर्ने बताउछन् । प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार एक सार्वजनिक कार्यक्रममा बोल्दै देशका कर्मचारीलाई तलब खुवाउन पनि विदेशी सँग माग्नु पर्ने अवस्था आएको अभिब्यक्ति दिएकाले पनि शेयर बजार प्रवाह परेको हो ।

अव नेपालमा दोस्रो स्टक एक्सचेन्ज खुल्ने भएको छ । मङ्गलवार साँझ बसेको मन्त्रीपरिषद बैंठकले नयाँ स्टक एक्सचेन्जको लागी नियमावली संशोधन गरेको हो । शेयर बजार ओरालो लाग्दा नेपाल धितोपत्र बोर्ड भने हातमा दहि जमाएर बसे जस्तै भाङ लगानीकर्तामा हुन थालेको छ । बोर्डका अध्यक्ष रमेश हमाल स्वार्थ समुहको चङगोलमा पर्दा शेयर बजार धरासयी भएको आक्रोस केहि लगानीकर्ताको छ । चुनावको मुख नजिकै निर्वाचनको लागी पैसा जोहि गर्ने हमाल स्वार्थ समूहसँग मिलेर नयाँ स्टक एक्सचेञ्ज खोल्ने निर्णय गरेसँगै उनी माथि लगानीकर्ताको चौर्तफी आलोचन गरी रहेका छन् । नेप्से र बोर्डबीच समन्वयको कमीले गर्दा शेयर बजार निरन्तर ओरालो लागेको छ ।

बिहिबार आज नेपाल स्टक एक्सचेञ्ज –नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको छ । बुधबार भने दिन बजार ११.९७ अंकले घटेको थियो । कारोबार ८२ करोड ६१ लाख रुपैयाँमा सिमित भएको छ । बुधवार २२४ वटा कम्पनीहरुको २९ लाख ४३ हजार ७६९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्से ओरालो लाग्दा आज ७ उपसूचकमा पहिरो गएको छ । आज बैंकिङ समूहको ०.३१ प्रतिशत, ब्यापार समूहको ०.९४ प्रतिशत, अन्य समूहको १.३३ प्रतिशत, माइक्रोफाइनान्स समुहको ०.०४ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.८८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, आज सर्वाधिक कमाउने लागनीकर्तामा ग्लोबल आइएमई लघुवित्तका रहेका छ्न भने सर्वाधिक गुमाउनेमा सामुदायिक लघुवित्तका लगानीकर्ता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्