कुमारी जबबाट जागिरे सन्जीव भन्छन्- ‘स्वदेशमै छ अवसर’
काठमाडौं । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर यो श्रावण महिनामा मात्र दिनमै २ हजार ८ सयले श्रम स्वीकृति लिएको देखाएको छ ।
कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरी पनि आकाशिँदै जान थालिसकेको छ । तर सन्जीब स्याङ्तान जस्ता हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम गरी एक उदाहरण बनेका हुन् । २४ वर्षिय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् ।
उनले यो क्षत्रमा काम गर्न थालेको पाचँ वर्ष पुगेता पनि कम्पनी ई– डिजिटल नेपालमा चाहिँ विगत एक वर्षदेखि कार्यरत भइरहेको बताए । शुरुवाती अवस्थामा साथीहरु, आफन्त, सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन लगायत चिने–जानेको सबैमार्फत काम खोजेपनि आफ्नो सिप र योग्यता अनुसारको काम भेट्टाउन नसकेपछि अन्त्यमा फेसबुकमा कुमारी जबको बारेमा थाहा भई त्यस मार्फत आफूले खोजेको जस्तै काम पाउन सफल भएको कूरा सन्जीवले खुलाए ।
कुमारी जबबाट जागिरको सिलसिलामा सहयोगका साथै अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकारी अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा आफूले खोजेको जस्तै सहयोग पाएको कूरा सन्जीवले खुलाए ।
कामले आर्थिक स्वतन्त्रता दिए सँग–सँगै राम्रो जीवनशैली दिएको भन्दै सन्जीव सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर र आफ्नो ज्ञान र सिप वृद्धि भएको र भविष्यको तयारीमा काम बनाएको सन्दर्भ खुलाएका छन् । आफ्नो क्षमता र अनुभवको आधारमा नेपालमै राम्रो अवसर देखेकोले विदेश जाने सोच नभाको कुरामा पनि प्रकाश पारेका छन् ।
काम खोज्न सहयोग गरेकोमा कुमारी जब र सहयोगी, मिलनसार कर्मचारीहरुलाई धन्यवाद साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव स्याङ्तानले दिए । कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा दिइरहेका कामको खोजी गर्नेहरुलाइ पनि कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्ने जानकारी दिएका छन् ।