नेशनल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई उक्त लाभांश घोषण गरेको हो ।
इन्स्योरेन्सको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
अब उक्त लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ ।



















