असोज देखि सुपथ मूल्य पसलः कहाँ–कहाँ हुँदैछन् सञ्चालन ? « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

असोज देखि सुपथ मूल्य पसलः कहाँ–कहाँ हुँदैछन् सञ्चालन ?



काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहुलियत मुल्य पसल सन्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकाका ६ ठाँउ र बाहिरी जिल्लामा आ–आफ्ना शाखा तथा क्षेत्रमा संन्चालन गर्ने तयारी गरेको हो । उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी, कोटेश्वर,भक्तपुर, बनेपा र उपत्यका बाहिर पोखरा, नारायणघाट,भैरहवा,नेपालगञ्ज लगाएतका ठाउँमा कर्पोरेसनको कार्यलयबाट साथै घुम्तीसेवा मार्फतपनि सेवा सञ्चालन गरिनेछ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । दशैं, तिहार र छठलाई लक्षित गरी उपभोक्तालाई सहज र सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गर्ने तयारीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राज भण्डारीले जानकारी दिए ।

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । चामल लगायतका अन्य सम्पुर्ण खाद्य वस्तुहरू नुन, तेल, गेडागुडी, दाल, मसलाहरुमा छुट दिईने तयारी भएको छ । साथै, भण्डारीले उत्कृष्ट, गुणस्तरयुक्त सामान मात्र ल्याएर उपभोक्तालाई बेच्ने गरेको बताएका छन् ।

उपभोक्ताले ढुक्क भएर सामान खरिद गर्न सकिने उनको भनाई छ । एक जना बराबर कति किलोसम्म खरिद गर्न पाउने भन्ने कुरामा सरकारबाट निर्णय भई नआएसम्म भन्न नसकिने एक दुई दिनमा निर्णय आउने भन्दै कर्पोरेसनले उपभोक्ताको सहजताका लागि नगद तिरेर वा अनलाईनबाट तिरेर पनि सामान खरिद गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्