नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत शेयर बराबरको ८ लाख ७० हजार १४२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

















