नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३५ पुग्यो, कुन क्षेत्र कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३५ पुग्यो, कुन क्षेत्र कति ?



काठमाडौं । २०७९ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २३५ पुगेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ५३ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११.२ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.२ प्रतिशत, होटेलको १.६ प्रतिशत, व्यापारिक संस्थाको ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ साउनसम्ममा सूचीकृत ६ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य रु.६६४ अर्ब ७१ करोड रहेको छ । आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.८ अर्ब ११ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ७४ करोड बराबरको डिबेन्चर, रु.४ अर्ब ७८ करोड बराबरको साधारण शेयर, रु.२ अर्ब २४ करोड बराबरकोम्युचुअल फण्ड र रु.२३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.५६ अर्ब १० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्


प्रतिक्रिया दिनुहोस्