प्रभु बैंकका ग्राहकलाई डिजे लावन्जमा आकर्षक छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

प्रभु बैंकका ग्राहकलाई डिजे लावन्जमा आकर्षक छुट



काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित डिजे लावन्ज बिच विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सहमति सम्पन्न भएको छ ।

बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डिजे लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् । बैंक र उक्त लावन्ज बिच सम्पन्न सहमति अनुसार बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले डिजे लावन्जले सञ्चालित फुड र वेभरेज सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सहमति अन्तर्गत डिजे लावन्जमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, डिजे लावन्जका उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था मिलाईएको छ । यस सहमतिबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।


प्रतिक्रिया दिनुहोस्