लाभांश सिजनमा पनि लगानीकर्ता निराश ! शेयर बजारमा खुम्चिदैं जाँदा नियामक निकाय छैन गम्भिर
काठमाडौं । शेयर बजारमा आज पनि राताम्यले निरन्तता पाएको छ । शेयर बजारमा गइरहेको निरन्तर पहिरोले लगानीकर्ता निराश त बनेकैं छन् दशैंको मुखमा पैसा कता बाट जोहो गर्ने भन्ने अन्यौलमा समेत परेका छन् ।
गत साताको बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर प्रभावित बनेको छ । सबै बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ सोही कारण पनि आज शेयर बजार सुधारिन आउन नसकेको विज्ञहरु बताउनछन् । नयाँ एक्सेचञ्जका लागि नेपाल धितोपत्र बोर्डले आवेदन खुला गरेकालेकाले दिर्घकालीन रुपमा यसको प्रभाव समेत पर्ने गएको आंकलन गरेको छ ।
शेयर बजार निरन्तर ओरालो लाग्दा पनि कुनै पनि निकाय यसको सुधारका लागि प्रयास गरेको पाइदैन । निरन्तर शेयर बजारमा भइरहेको राताम्य बारे कुनै पनि निकायको ध्यान नजादा लगानीकर्ता निराश बन्दै गइरहेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लाभांश दिने क्षमता बलियो बनाएको र अब लाभांश सिजन सुरु हुन भएकाले शेयर बजार सुधार हुदै जाने आशामा बसेका लगानीकर्ताहरुलाई शेयर बजारले निरन्तर लात हानि रहेको छ । शेयर बजारमा भइरहेको राताम्यबाट धितोपत्र बोर्ड पनि मौन छ । शेयर बजार सुधारका लागि होमिने प्रतिबद्धता गरेको बोर्ड अध्यक्ष रमेश हमालले अझै पनि सुधारका लागि कुनै पनि कदम चालेको देखिदैंन नत नेप्सेसँग समन्वय नै हुन सकेको छ ।
मंगलबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजार राताम्य हुदाँ समेत १३ कम्पनीका लगानीकर्ता भने कमाएका छन् । आज सर्वाधिक कमाउने कम्पनीमा स्वाभिमान लघुवित्त रहेको छ । कम्पनीको शेयर ३.९२ प्रतिशतले बढेको हो । साथै, एनएमबि ५० को ३.८७ प्रतिशत र आर्दश लघुवित्तको २ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज कालिका पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै,बरुण हाइड्रोपावर ८.१९ प्रतिशत र ग्रीन डेभलपमेन्ट बेैंकको ७.९४ प्रतिशतले घटेको हो ।

साथै, मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको ३.८३ प्रतिशत, हाइड्रोपावर समूहको ३.३७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.१९ प्रतिशत र ब्यापार समूहको २.६४ प्रतिशतले शेयर मूल्य घटेको हो ।



















