लाभांश सिजनमा पनि लगानीकर्ता निराश ! शेयर बजारमा खुम्चिदैं जाँदा नियामक निकाय मुख दर्शक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लाभांश सिजनमा पनि लगानीकर्ता निराश ! शेयर बजारमा खुम्चिदैं जाँदा नियामक निकाय मुख दर्शक



काठमाडौं । साताको सुरुवातमै शेयर बजारमा पहिरो गएको छ । शेयर बजारमा निरन्तर भइरहेको राताम्यले लगानीकर्तालाई निराश बनाउदैं गएको छ । दशैं लगायतका चाडपर्व नजिकिदैं गर्दा शेयर बजारमा भइरहेको राताम्यले लगानीकर्तामा निराश थपिदैं गएको हो । शेयर बजारमा उतापचडाप कायमै रहदाँ शेयर बजार प्रति लगानीकर्ताको आक्रोस पनि बढ्दै गएको पाइन्छ ।

अहिले बजारमा बैंकहरुले वृद्धि गरहेको ब्याजदर प्रति सकारात्मक तथा नकारात्मक कुरा चलि रहेको बेला शेयर बजारमा त्यसको प्रभाव गरेको आंकलन गरीन थालेको छ । शेयर बजारमा लागनीकर्ता निकै डराएको अवस्था रहेको छ । शेयर बजारमा भइरहेको यस्तो संकेतले लगानीकर्ता शेयर किनबेच गर्ने डराइ रहेको अवस्था छ । अब लाभांश सिजन समेत सुरु हुन गइरहेको छ । शेयर बजारमा निरन्तर गइरहेको पहिरोले भने लगानीकर्ता अझै लगानी गर्ने बतावरण मिलेनको अनुभव गरी रहेका छैन ।

शेयर बजारमा लगानीकर्ता त्रसित हुदाँ पनि नियामक निकाय धितोपत्र बोर्ड भने मुख दर्शक बनेको आंकलन गर्ने थालिएको छ । शेयर बजारमा निरन्तर गइरहेको ओरालो प्रति बोर्डले आसै चासो देखाएको छैन । गत साताको बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर प्रभावित हुदैं आएको शेयर बजार हिजो सुधार आएर फेरी राताम्यको यात्रा तय गरेको छ ।

शेयर बजारमा भइरहेको पहिरोले लगानीकर्ता निराश बनेको र बैंकहरुले गरेको ब्याजदरमा त्रसित बन्दै गएका छन् । बजारमा ब्याजदर सम्बन्धी महासंघदेखि मन्त्रालयले गरी रहेका टिपणाीले गर्दा लगानीकर्तामा अन्यौल भइरहेको केही विज्ञहरु बताउछन् ।

आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता किनबेच हुदाँ १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा भइरहेको पहिरोले आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज इन्भेष्टमेन्ट समूहको २.८२ प्रतिशत, फाइनानसको २.५७ प्रतिशत, हाइड्रोपावरको २.५४ र ब्यापार समूहको १.९२ प्रतिशतले शेयरमूल्य घटेको हो ।

त्यस्तै, शेयर बजार ओरालो लागे पनि आजदेखि कारोबारमा गएको अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ । लक्ष्मी इक्वाटी फण्डको २.९४ प्रतिशत, लक्ष्मी बैंकको २.६६ प्रतिशतले बढेको हो ।

साथै, तेह्रथुम पावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.९० प्रतिशतले घटेको हो । कुमारी धनवृद्धि योजनाको ७ प्रतिशत र सामुदायिक लघुवित्तको ६.६५ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्