तपाईको खातामा एनआईबिएल प्रगति फण्ड नगद लाभांश आयो, छैन भने यसो गर्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले नगद लाभांश वितरण सुरु गरेको छ ।
फण्डले आर्थिक वर्ष २०७८।०७९ को लागि इकाईधनीहरूलाई ४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गरेको हो । इकाई धनीको बैंक खातामा आइतबारदेखि जम्मा सुरु गरेको फण्डले जनाएको छ ।
साथै, हितग्राही खातामा बैंक खाता सम्बन्धी विवरण अद्यावधिक गराए पश्चात् मात्र नगद लाभांश जम्मा गरीने भएकाले इकाईधनीहरूले आफ्नो खाता नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
